दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ। यो नेपालीहरुको
प्रमुख पर्व हो। आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको
प्रमुख दिन हो। बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेकाथिए। यसलाई असत्य
माथि सत्यको विजयको रूपमा मनाइन्छ। यसकारण, यस दशमीलाई विजया दशमीको नामले
जानिन्छ। दशैं वर्षका तीन अत्यन्त शुभ तिथिहरुमा एउटा हो अरु दुइवटा हुन् चैत्र (चैत)को
शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरुमा हिन्दूहरु नयाँ कार्य शुरु
गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरु यस दिन विजयको प्रार्थना गरेर
रण-यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ-ठाउँमा मेलाहरु लाग्थे। अहिले पनि
भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाइन्छ। विजयदशमी
भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो
शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो।
हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता
प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव (पर्व) शुरु भएको हो। दशैं पर्वले दश प्रकारका
पापहरु- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी
त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ।
दशैंको सांस्कृतिक पक्ष पनि छ । नेपाल तथा भारत कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो
खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुशी एवं उमंगको
सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ।
दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भुटान र बर्मा म्यानमारमा यो
पर्व विभिन्न प्रकारले मनाइन्छ।थप जानकारी ... 
विकिपीडिया नेपालीले गत ३ जुनको दिन नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ।
३ जुन २००२ मा नेपाली विकिपीडिया सुरु भएको थियो। यो अन्तरालमा तेह्र हजार
लेखहरुको आँकडा पार गरेको छ र यो विकि नब्बेऔं (९० औं) स्थानमा पुगेको छ।
१८ सेप्टेम्बर आईतबार बेलुकी ६:२५ मिनेट जाँदाको समयमा भारतको पूर्वोत्तर राज्य
सिक्किम केन्द्र विन्दु रहेको ६।८ रेक्टर स्केलको भूकम्पले १५ भन्दा बढी ब्यक्तिहरुको ज्यान
लिएको छ भने २०० भन्दा बढी मानिस घाइते हुन पुगेकाछन् ।थप जानकारी यहाँ 
चेप्टो टाउके छेपारो (Agama mwanzae) तान्जानिया, रुवान्डा र केन्या मा पाइने छेपारो
को एक प्रजाति हो। पुरुष को टाउको, घाँटी र काँध चमकदार रातो या बैंगनी हुन्छ भने
शरीर नीलो हुन्छ। महिला प्राय: खैरो रंग को हुन्छ र अन्य महिला agamas बाट छुट्याउन
गाह्रो हुन्छ।
यो पृष्ठलाई अन्तिमपटक ०६:४१, २ अक्टोबर २०११ मा परिवर्तन गरिएको थियो।
हाम्रा समाचार — यस विकिपीडिया तथा विकिमिडिया फाउन्डेसनसंग सम्बन्धित
आयोजनाहरूको बारेमा समाचारहरूको संकलन।
